अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए « Khabarhub

अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् ।

२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् ।

साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।

एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरी सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् ।

हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।

उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायलगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र