ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु, दुई जना पक्राउ « Khabarhub

ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु, दुई जना पक्राउ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका १ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्धार नहुँदा गए राति ओडारमै रहस्यमय मृत्यु भएको हो ।

खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाल जोखिममा रहेको भन्दैसरोकारवालाले चिन्ता गरिरहेका थिए ।

चाँडै बस्ने आवास घर बनाइदिने, नागरिकता उपलब्ध गराउने तयारीमै रहे पनि कुलालको गए राति रहस्यमय मृत्यु भयो ।

गएको शुक्रबार मात्रै कुलाललाई २ बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर, उनले तत्काल घर बनाइदिन माग गरेका थिए । १५ वर्षदेखि ओडारमा बास बस्दै आएका कुलालले चामल कम्बल चोर्न सक्ने आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धारका लागि पनि माग गरेका थिए ।

तर प्रशासन, स्थानीय सरोकारवाला निकायले उनकै राहत उद्धारमा जुटिरहेकै बेला उता कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए । उनका अनुसार चेते कुलालको मृत्यु आश्चार्यजनक छ ।

‘सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुने थिएन होला’, उनले भने । घटनाको सत्यतथ्य छानबिन गरी घटनाको दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ओडारमै बस्दै आएका मृतक चेते कुलालको मृत्यु घटनामा संलग्न शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको बताए । हाल पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेकोले तत्काल नाम ठेगाना नखुलाइएको उनको भनाइ छ ।

टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको अवस्थामा उनी भेटिएका थिए । बस्दै आएको ओडारभन्दा धेरै परसम्म कुलालको शव घिसारिएको अवस्था थियो । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टम गरिएको छ ।

अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रबार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्बल राहत उपलब्ध गरिएको थियो । न्यूजकारखाना

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ५० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक