चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै « Khabarhub

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल ल्याइँदै छ ।

खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी- ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ ।

उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइँदै छ ।

खोपसहितका सामग्री बोकेर उक्त जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४:३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त विमान ८:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

तस्वीर : नेपालस्थिति चिनियाँ दूतावासको ट्वीटरबाट

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई