झापामा ५५३ हात्तीपाइले रोगका बिरामी « Khabarhub

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् ।

हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेको बताए ।

यही चैत २० गते १०औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने उनले जानकारी दिए ।

नौ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको उनले बताए ।

हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताए । उनले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिए ।

उनले यही चैत २० देखि चैत मसान्तसम्म जिल्लाभर हात्तीपाइले रोगको औषधि खुवाइने कार्यक्रम रहेको बताए । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गरे ।

हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिका संयोजक तथा जिसस कार्यालय झापाका प्रमुख सोमनाथ पोर्तेलले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसकारी र सञ्चार क्षेत्रबाट जनचेतनामूलक कार्यक्रम प्रवाह गर्न आग्रह गरे ।

सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चियाबगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, शहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईँले जानकारी दिए । उनले औषधि आएपश्चात तत्काल स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्‍याइने बताए ।

उनका अनुसार जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने काम भइरहेको छ । जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ११ : ०१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा