वायु प्रदूषण : विद्यालय बन्ददेखि यातायातमा जोरविजोरसम्मको तयारी « Khabarhub

वायु प्रदूषण : विद्यालय बन्ददेखि यातायातमा जोरविजोरसम्मको तयारी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ ।

शुक्रबार, शनिबार, आइतबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो, दोस्रो र ११औँ स्थानमा रहेको काठमाडौँ आज फेरि दोस्रो स्थानमा छ ।

आइक्यूएयर डट कमको बिहान साढे ११ बजेको अपडेट अनुसार नेपाल फेरि विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान छ ।

चार दिनदेखि काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तरमा उतारचढाव भए पनि खतराको अवस्था नरहेको विज्ञहरू बताउँछन् । वायु प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार मंगलबार हावाको गति बढेमा प्रदूषण हट्न सक्छ ।

पहाडी भूभागमा हल्का बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेकाले एकैचोटी प्रदूषण हटिहाल्ने अवस्था नरहेको उनले बताए ।

उपत्यकाको प्रदूषण सुधारको अवस्थामा नआएपछि प्रदूषण नियन्त्रणका अस्थायी उपाय खोज्ने सरोकारवालासँग आजै छलफलको तयारी भएको वातावरण विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने,’सुरूमा हामी मौसमविद्सँग परामर्श गर्छौ, तत्कालै मौसम सुधार नहुने हो भने, थप कदम के के हुन सक्छन् भनेर अरू सरोकारवाला पक्षसँग पनि छलफलमा बस्छौँ ।’

चार दिनदेखिको अवस्था उस्तै रहेकाले तत्काललाई प्राथमिक तहसम्मका विद्यालय बन्द गर्नेदेखि यातायातमा जोरविजोर लगाउनेसम्मको विषय छलफलमा लगिने जोशीले बताए ।

विभागको प्रदूषण मापक यन्त्रले आज वायू गुणस्तर सूचक केही सुधार देखिए पनि आँखा पोल्ने लगायतका समस्या यथावत छ ।

बिहान ११ बजेको मापनमा काठमाडौको वायुको गुणस्तर (एक्यूआई) घातक देखिएको छ ।

चितवनको सौराहाको एक्यूआई २८३, ललितपुरको भैँसेपाटीको एक्यूआई २६७, भक्तपुरको २३९, कीर्तिपुरको २२५ देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ११ : ४५ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका