रेशम चौधरीको रिहाइलगायतको माग सम्बोधनका लागि सरकारले बनायो वार्ता टोली « Khabarhub

रेशम चौधरीको रिहाइलगायतको माग सम्बोधनका लागि सरकारले बनायो वार्ता टोली


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति र कन्द्रीय आन्दोलन परिचालन समितिले राखेका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

रेशम चौधरी लगायतका बन्दीहरूको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो ।

मन्त्री गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गृहमन्त्री वादलले माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको