खोप हस्तान्तरणले नेपाल र चीनबीचको सम्बन्ध थप सृदृढ : प्रधानमन्त्री « Khabarhub

खोप हस्तान्तरणले नेपाल र चीनबीचको सम्बन्ध थप सृदृढ : प्रधानमन्त्री


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गरेकी थिइन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’ को नीतिमा अघि बढाएको बताए । हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ती खोप खरिदका लागि तयारी गरेको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ आज बिहान ल्याइएको हो । चीन सरकारको सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्दै चिनियाँ राजदूत होउ यान्छी ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताए । केही व्यक्तिबाट दोस्रो मात्रा फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सिर्जना गर्ने ढङ्गले टिप्पणी हुन थालेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । “सरकारले दुईवटै मात्रा एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ”, उनले भने ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले खोप हस्तान्तरणले चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताइन् । यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत भएको धारणा उनले व्यक्त गरिन् । चिनियाँ पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड–१९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको उनले उल्लेख गरिन् ।

सरकारले गत माघ १४ देखि फागुन पहिलो हप्तासम्म पहिलो चरण र गत फागुन २३ देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो र दोस्रो चरणमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप दिएको थियो । भारत सरकारले पनि नेपाल सरकारलाई १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप प्रदान गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : १५ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा