चेन्नई आईपीएलको शीर्ष स्थानमा « Khabarhub

चेन्नई आईपीएलको शीर्ष स्थानमा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७ विकेटले पराजित गर्‍यो ।

हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । हैदरावादका राशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले ।

जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । हैदरावादले ६ खेलमा २ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : २५ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर