हिमेशको गीतले हीरा चोर पक्राउ ! « Khabarhub

हिमेशको गीतले हीरा चोर पक्राउ !


१६ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका गायक तथा संगीतकार हिमेश रेशमियाका गीत दर्शकमाझ निकै लोकप्रिय छन् । यिनै गायकको एक किस्सा बलिउडमा निकै लोकप्रिय छ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनको एक गीतको सहयोगले एक हिरा चोरलाई पक्रन प्रहरी सफल भएको छ ।

यो कुरा सन् २००६ को हो । त्यो समयमा एक व्यक्ति मुम्बईको एक बारमा पुगेका थिए । त्यो बारमा गीत गाउने एक गायिकालाई उनले मनपराए । त्यही गायिका देखेर दुई रातमै उक्त व्यक्तिले १ लाख रुपैंयाँ खर्च गरे ।

केही दिनपछि त्यो व्यक्ति त्यही बारमा आयो र हिमेशको गीत ‘हमको दीवाना कर गए’ गीतमा नाँच्दै गरेको डान्सरलाई आफू नजिक बोलायो । मदिरामा लठ्ठ ती व्यक्तिले मदिराको सुरमा पटक पटक त्यही गीत गाउन अपिल गरिरहे ।

ती व्यक्तिको व्यवहारबाट दिक्क भएका अन्य व्यक्तिले उनको गतिविधिमा आपत्ति जनाए । त्यही बेला गीतको अपिल गर्ने व्यक्तिले गोजीबाट हजार रुपैंयाँको नोटको बिटो निकालेर त्यही गीत बजाउनु पर्ने अड्डी कसे ।

त्यो समयमा ग्राहकको भीडमा एक प्रहरी पनि थिए । गोजीबाट हजारको बिटो निकालेको देखेका उनले तुरुन्तै क्राइम ब्राञ्चलाई फोन गरे ।

क्राइम ब्राञ्चले ती व्यक्तिलाई पक्राउ गरेपछि उनको नाम दिवेश बोर्स भन्ने खुल्यो । जो एक सिकर्मी थिए । उनी मुम्बईको एक प्रख्यात ज्वेलरीमा काम गर्थे । ज्वेलरीका मालिकको परिवार विदेश भ्रमणमा जाँदा उनीहरुको अनुपस्थितिमा दिवेशले ज्वेलरी चोरी गरेका थिए ।

प्रहरीले दिवेशको खानतलासी गर्दा उनीबाट ३० लाख रुपैंयाँको हीरा बरामद गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १२ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर