महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन् १९४० तिर अँग्रेजविरुद्ध महात्मा गान्धीको नेतृत्वमा आन्दोलन भइरहेको थियो ।

यसै सिलसिलामा सुभाषचन्द्र बोस र महात्मा गान्धी सेवाग्राम भन्ने स्थानमा गएका थिए । त्यहाँ गान्धीले सुभाषचन्द्र बोसलाई भने— तपाईंको निर्देशनमा जनताले आन्दोलन छेडिरहेका छन् । तपाईं सङ्घर्षमा निखारिनुभएको छ ।

देशप्रेम र भारतलाई स्वतन्त्र बनाउने तपाईंको सङ्कल्प अद्वितीय छ । तपाईंको व्यवहार पारदर्शी छ । आत्मबलिदान र कष्ट सहने क्षमता तपाईंमा छ । यी सबै गुणको सही उपयोग समयमै होस् भन्ने म चाहन्छु ।

बोसले भने— अँग्रेजसँग यो युद्धमा जित होस् या हार, उनीहरुको शक्ति कमजोर हुने चाहिँ पक्का छ । अब भारतलाई पहिलेको जस्तो तरिकाले व्यवस्थापन गरेर अगाडि बढ्ने सामर्थ्य अँग्रेजमा छैन । एक दिन अवश्य पनि उनीहरुले बाध्य भएर यसलाई स्वतन्त्र भारतका रुपमा स्वीकार्नेछन् ।

गान्धीजी भने कुनै पनि दृष्टिले यो समयमा आन्दोलन रोक्नु हुँदैन । धैर्य गरेर अगाडि बढ्नुपर्छ । त्यो समय अवश्य आउँछ ।

बोसले भने— बापु, यदि तपाईंले ललकार्नुभयो भने सारा देशवासी तपाईंको पछि लाग्नेछन् ।

गान्धी आफ्नो अडानमा कायम रहे । चाहे विश्व नै तयार किन नहोस्, तैपनि मैले त्यो काम गर्नुहुन्न । जसका लागि उपयुक्त समय नै भएको छैन ।

गान्धीको कुरा सुनेर बोस विक्षिप्त बने— त्यसो भए कमसे कम स्वतन्त्रताको आन्दोलन छेड्नका लागि आशीर्वाद त दिनुहोस् ।

गान्धीले भने— तपाईंका लागि मेरो आशीर्वाद आवश्यक छैन । तपाईंसँग राजनेताको गुण विद्यमान छ ।

यदि तपाईंको भित्री आत्माले शत्रुमाथि जाइलाग्ने समय भएको ठहर्‍याउँछ भने अगाडि बढ्नु र भरपुर चेष्टा गर्नुपर्छ । तपाईं सफल हुनुभयो भने तपाईंको अभिनन्दनमा सबैभन्दा अगाडि मै हुनेछु ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १३ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै