संक्रमण बढ्न थालेपछि बेलायतको लकडाउन लम्बिन सक्ने « Khabarhub

संक्रमण बढ्न थालेपछि बेलायतको लकडाउन लम्बिन सक्ने


१५ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा लकडाउन लम्बिन सक्ने विज्ञहरुले बताएका छन् । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सरकारको योजना अनुसार लकडाउन नखुल्ने अवस्था सिर्जना भएको हो ।

सरकारले आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना बनाएको छ ।

संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ। सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउन सम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो चौबिस घण्टामा चार हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन गत अप्रिल १ तारिक पछिकै उच्च हो।

यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै बृद्धि भएको छैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : ३९ बजे

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा