संक्रमण बढ्न थालेपछि बेलायतको लकडाउन लम्बिन सक्ने « Khabarhub

संक्रमण बढ्न थालेपछि बेलायतको लकडाउन लम्बिन सक्ने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा लकडाउन लम्बिन सक्ने विज्ञहरुले बताएका छन् । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सरकारको योजना अनुसार लकडाउन नखुल्ने अवस्था सिर्जना भएको हो ।

सरकारले आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना बनाएको छ ।

संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ। सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउन सम्बन्धि सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो चौबिस घण्टामा चार हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन गत अप्रिल १ तारिक पछिकै उच्च हो।

यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७६८ पुगेको छ । मृतक संख्या भने खासै बृद्धि भएको छैन ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ३९ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि