‘प्रेम’ चरित्रले सलमानलाई दिलाएको यस्तो सफलता « Khabarhub

‘प्रेम’ चरित्रले सलमानलाई दिलाएको यस्तो सफलता


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सलमान खान प्रदर्शन नभए पनि उनको फ्यान फलोइङमा यसको कुनै असर देखिएको छैन । कैयौं पटक यी अभिनेता आफ्ना सम्झनलायक चरित्रका कारण दर्शकमाझ प्रिय बनिरहेका छन् ।

सन् १९८८ मा सलमानले फिल्म ‘बीवी हो तो ऐसी’मा रेखाको देवरको भूमिका निभाएका थिए । तर उनको भूमिका यति सानो थियो कि उनको कामको कसैले नोटिस नै गर्न पाएनन् ।

अर्को वर्ष उनको सोलो हिरो फिल्म ‘मैने प्यार किया’ रिलिज भयो । जुन फिल्मका कारण उनी रातारात सुपरस्टार बने । यो फिल्ममा सलमानको चरित्रको नाम ‘प्रेम’ थियो । दर्शकलाई उनको यो फिल्म यति मनपर्यो कि ‘प्रेम’ नाम उनीहरुको मन मनमा बस्न सफल भयो ।

सलमानका लागि ‘प्रेम’ नाम यति फलिफाप भयो कि कैयौं फिल्ममा उनको नाम ‘प्रेम’ नै राखियो । तर फिल्ममा उनको नाम किन ‘प्रेम’ राखियो भन्नेबारेमा कमैलाई मात्र थाहा छ ।

उनको नाम ‘प्रेम’ राख्नुको कारण राजश्री प्रोडक्सनका मालिक सुरज बडजात्याले खुलासा गरेका छन् । ‘फिल्म ‘मैने प्यार किया’मा सलमानको नाम ‘प्रेम’ मनपराइयो । त्यसपछि हामीले सोच्यौं कि अगाडि बन्ने फिल्ममा पनि उनको यो नाम किन प्रयोग नगर्ने ?’, उनले भनेका छन् ।

त्यसपछि सुरजका प्रत्येक फिल्ममा सलमानको नाम ‘प्रेम’ राखियो । यो फिल्मको सफलता पछि सलमानले सुरजको ‘हम आपके हैं कौन’, ‘हम साथ साथ है’ र ‘प्रेम रतन धन पायों’ मा काम गरे । यी सबै फिल्ममा उनको नाम ‘प्रेम’ नै थियो ।

राजश्री प्रोडक्शनको फिल्ममा मात्र होइन, ‘नो एन्ट्री’, ‘बीवी नं १’, ‘चल मेरे भाई’, ‘दीवाना मस्ताना’, ‘कहीँ प्यार न हो जाए’ र ‘पार्टनर’ जस्ता फिल्ममा सलमानको नाम ‘प्रेम’ नै थियो । सलमानको नाम ‘प्रेम’ राखिएका फिल्महरुले बक्सअफिसमा राम्रो कलेक्सन गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह