‘प्रेम’ चरित्रले सलमानलाई दिलाएको यस्तो सफलता | Khabarhub Khabarhub

‘प्रेम’ चरित्रले सलमानलाई दिलाएको यस्तो सफलता


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सलमान खान प्रदर्शन नभए पनि उनको फ्यान फलोइङमा यसको कुनै असर देखिएको छैन । कैयौं पटक यी अभिनेता आफ्ना सम्झनलायक चरित्रका कारण दर्शकमाझ प्रिय बनिरहेका छन् ।

सन् १९८८ मा सलमानले फिल्म ‘बीवी हो तो ऐसी’मा रेखाको देवरको भूमिका निभाएका थिए । तर उनको भूमिका यति सानो थियो कि उनको कामको कसैले नोटिस नै गर्न पाएनन् ।

अर्को वर्ष उनको सोलो हिरो फिल्म ‘मैने प्यार किया’ रिलिज भयो । जुन फिल्मका कारण उनी रातारात सुपरस्टार बने । यो फिल्ममा सलमानको चरित्रको नाम ‘प्रेम’ थियो । दर्शकलाई उनको यो फिल्म यति मनपर्यो कि ‘प्रेम’ नाम उनीहरुको मन मनमा बस्न सफल भयो ।

सलमानका लागि ‘प्रेम’ नाम यति फलिफाप भयो कि कैयौं फिल्ममा उनको नाम ‘प्रेम’ नै राखियो । तर फिल्ममा उनको नाम किन ‘प्रेम’ राखियो भन्नेबारेमा कमैलाई मात्र थाहा छ ।

उनको नाम ‘प्रेम’ राख्नुको कारण राजश्री प्रोडक्सनका मालिक सुरज बडजात्याले खुलासा गरेका छन् । ‘फिल्म ‘मैने प्यार किया’मा सलमानको नाम ‘प्रेम’ मनपराइयो । त्यसपछि हामीले सोच्यौं कि अगाडि बन्ने फिल्ममा पनि उनको यो नाम किन प्रयोग नगर्ने ?’, उनले भनेका छन् ।

त्यसपछि सुरजका प्रत्येक फिल्ममा सलमानको नाम ‘प्रेम’ राखियो । यो फिल्मको सफलता पछि सलमानले सुरजको ‘हम आपके हैं कौन’, ‘हम साथ साथ है’ र ‘प्रेम रतन धन पायों’ मा काम गरे । यी सबै फिल्ममा उनको नाम ‘प्रेम’ नै थियो ।

राजश्री प्रोडक्शनको फिल्ममा मात्र होइन, ‘नो एन्ट्री’, ‘बीवी नं १’, ‘चल मेरे भाई’, ‘दीवाना मस्ताना’, ‘कहीँ प्यार न हो जाए’ र ‘पार्टनर’ जस्ता फिल्ममा सलमानको नाम ‘प्रेम’ नै थियो । सलमानको नाम ‘प्रेम’ राखिएका फिल्महरुले बक्सअफिसमा राम्रो कलेक्सन गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : २० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न