श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका– ४, सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा श्रीमान् सन्तोष पासवानलाई पक्राउ गरिएको हो ।

माइती पक्षले उजुरी गरेपछि धनुषा प्रहरीले सन्तोषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार प्रियङ्का र उनका श्रीमान् सन्तोषबीच गएराति विवाद भएको थियो । विवादकै कारण प्रियङ्काको हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

महोत्तरीको बलवा नगरपालिका– ५ बस्ने प्रियङ्काका बुबा विनोद पासवानले ज्वाइँले नै कुटपिट गरी छोरीको हत्या गरेको आरोप लगाएका छन् । उनका अनुसार प्रियङ्का पाँच महिनाकी गर्भवती थिइन् । ‘पहिले पनि धेरै पटक कुटपिट गरेका थिए । मार्ने प्रयास पनि गरेका थिए,’ उनले भने, ‘राति झगडा गर्दै मेरी छोरीको घाँटी थिचेर मारे छन् ।’

यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या भएको भन्न नमिल्ने धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

‘उनका श्रीमान्‌ले स्पष्ट बयान दिएका छैनन् । कहिले आफैँ झुण्डिएर मरेको भन्छन्, कहिले झुण्डिएको देखेपछि डोरी काटिदिएको भन्छन् ।’ डीएसपी मिश्रले भने, ‘बयान फेरेको फेरै छन् । अहिले हामी घटनााको अनुसन्धान गर्दै छौँ ।’

प्रियङ्काको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : ३५ बजे

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा