श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका– ४, सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा श्रीमान् सन्तोष पासवानलाई पक्राउ गरिएको हो ।

माइती पक्षले उजुरी गरेपछि धनुषा प्रहरीले सन्तोषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार प्रियङ्का र उनका श्रीमान् सन्तोषबीच गएराति विवाद भएको थियो । विवादकै कारण प्रियङ्काको हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

महोत्तरीको बलवा नगरपालिका– ५ बस्ने प्रियङ्काका बुबा विनोद पासवानले ज्वाइँले नै कुटपिट गरी छोरीको हत्या गरेको आरोप लगाएका छन् । उनका अनुसार प्रियङ्का पाँच महिनाकी गर्भवती थिइन् । ‘पहिले पनि धेरै पटक कुटपिट गरेका थिए । मार्ने प्रयास पनि गरेका थिए,’ उनले भने, ‘राति झगडा गर्दै मेरी छोरीको घाँटी थिचेर मारे छन् ।’

यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या भएको भन्न नमिल्ने धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

‘उनका श्रीमान्‌ले स्पष्ट बयान दिएका छैनन् । कहिले आफैँ झुण्डिएर मरेको भन्छन्, कहिले झुण्डिएको देखेपछि डोरी काटिदिएको भन्छन् ।’ डीएसपी मिश्रले भने, ‘बयान फेरेको फेरै छन् । अहिले हामी घटनााको अनुसन्धान गर्दै छौँ ।’

प्रियङ्काको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : ३५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द