पहिलो दिन न्यून संख्यामा चले सार्वजनिक बस, यात्रु भने खचाखच (फोटोफिचर) « Khabarhub

पहिलो दिन न्यून संख्यामा चले सार्वजनिक बस, यात्रु भने खचाखच (फोटोफिचर)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

दुई महिनादेखिको निषेधाज्ञा थप खुकुलो बनाएसँगै मंगलबारदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भएका हुन् ।

२५ सिटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ देखि साँझ ७ बजेसम्म चल्न पाउनेछन् । आज पहिलो दिन न्यून संख्यामा मात्रै चलेका सार्वजनिक बसमा यात्रुको भने चाप देखिएको छ ।

यात्रुको भीडले खचाखच सार्वजनिक बसमा स्वास्थ्य सतर्कता भने अपनाएको पाइएको छैन । कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए । साथै एक साता निषेधाज्ञा थप गरिएको थियो ।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । तर लामो दूरीका सवारी साधन सञ्चालनमा अझै रोक लगाइएको छ ।

सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

 

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका