खुमल्टारस्थित नार्क परिसरमा यसरी मनाइयो धान दिवस (फोटोफिचर) | Khabarhub Khabarhub

खुमल्टारस्थित नार्क परिसरमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मंगलबार मनाइएको छ ।

विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसदिन मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही, चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन छ ।

 

यो वर्ष कोरोना महामारीका बीच निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्व: स्फूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित भयो । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमल्टार, ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी धान दिवस मनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले सांकेतिकरूपमा धान रोपेका थिए । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका थिए । नेपालको खाद्य र पोषण सुरक्षाका लागि उत्पादनका वृद्धि गर्नै पर्ने उनले बताए । मन्त्री नेम्वाङले प्रविधिको प्रयोग गरे उत्पादनबृद्धिमा जोड दिने धारणा राखे ।

यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ०१ बजे

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र