२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२८ र ४ हजार ४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ४ हजार ३४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ९, खोटाङमा ३,  झापामा १५०, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १६, पाँचथर २, भोजपुर २,  मोरङमा ९०, संखुवासभा ४, र सुनसरीमा १३८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११, पर्सामा ४,  बारामा १४, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा ८, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३०२, काभ्रेमा २४, चितवनमा १५५, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३७, भक्तपुरमा ५६, मकवानपुरमा १६, रसुवा १, रामेछापमा ४, ललितपुरमा १००, सिन्धुली २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६१, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ४१, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, बागलुङमा ७० र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १२, कपिलवस्तुमा ४, गुल्मीमा ६, दाङमा १९, नवलपरासीमा ११, पाल्पामा २६, प्युठानमा ३,  बर्दियामा ४९, बाँकेमा १०, रुपन्देहीमा ५१ र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ५, दैलेखमा १५, मुगुमा १२, रुकुम पश्चिममा ५, सल्यानमा १, हुम्लामा १ र  सुर्खेतमा १४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १५, कैलालीमा ३८, डडेल्धुरामा १, बैतडीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : २६ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका