बालमैत्री अस्पतालमा आगलागी, चार कामदार घाइते | Khabarhub Khabarhub

बालमैत्री अस्पतालमा आगलागी, चार कामदार घाइते


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा विद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परि घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगायतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा विद्युतको काम गरिरहेका कामदारले विद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्वविवरण आएको छैन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : २५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम