बालमैत्री अस्पतालमा आगलागी, चार कामदार घाइते « Khabarhub

बालमैत्री अस्पतालमा आगलागी, चार कामदार घाइते


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा विद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परि घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगायतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा विद्युतको काम गरिरहेका कामदारले विद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्वविवरण आएको छैन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको