नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने « Khabarhub

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ ।

उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।

सन् २०२१ जुलाई १ देखि लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगमका जहाजमार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन् । यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराईरहेको थियो ।

यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । हाल दुई वाइड बडी र दुई न्यारो बडी जहाज मार्फत उडान भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ४५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका