श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टीमा भारत पराजित | Khabarhub Khabarhub

श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टीमा भारत पराजित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टिम श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारत  पराजित भएको छ ।

बुधबार राति कोलम्बोमा सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए ।  मिनोद भानुकाले ३६ रन जोड्दा वानिन्दु हसरंगाले १५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए । देवदुत पडीकलले २९ रन जोड्दा रुतुराज गायकवाडले २१ रन बनाए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : १० बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको