काठमाडौँ- घरेलु टिम श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारत पराजित भएको छ ।
बुधबार राति कोलम्बोमा सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए । मिनोद भानुकाले ३६ रन जोड्दा वानिन्दु हसरंगाले १५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए । देवदुत पडीकलले २९ रन जोड्दा रुतुराज गायकवाडले २१ रन बनाए ।
प्रतिक्रिया