संघीयता भत्काउन ओली, थापा र मिश्रको भाका मिलिसक्यो : संग्रौला | Khabarhub Khabarhub

संघीयता भत्काउन ओली, थापा र मिश्रको भाका मिलिसक्यो : संग्रौला


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले संघीयता र धर्मनिरपेक्षता उल्ट्याउन केपी ओली, कमल थापा र रवीन्द्र मिश्रको ‘भाका’ मिलेको दाबी गरेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने, गणतन्त्र र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि संग्रौलाले उनको यो प्रस्ताव एक्लै अघि बढेकोमा समेत आशंका गरेका छन् ।

मिश्रको त्यो प्रस्तावले ओली र कमल थापाहरु खुसी भएको भन्दै संग्रौलाले उनीहरु मिलिजुली संघीयता र धर्मनिरपेक्षता उल्ट्याउने उद्योगमा लागेको आरोप लगाएका छन् ।

‘रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने उद्योग एक्लै  शुरू गर्‍या होलान् र ? कुरो सुनेर राजभक्त कमल थापा दङ्ग छन् । प्रवक्ता महेश बस्नेतले केपी ओलीको लाइन यही हो भन्ने संकेत गरिसके,’ बिहीबार बिहान संग्रौलाले ट्वीट गर्दै भनेका छन्, ‘उस्तैउस्ता सँगै जाऔँ, मिलिजुली भत्काइदिऔँमा यी तीन वीर पुरूषको भाका मिलिसक्यो त!,’

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ५० बजे

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको