पंजशीरका तालिबान विरोधी समूह तालिबानसँग वार्ता गर्न तयार | Khabarhub Khabarhub

पंजशीरका तालिबान विरोधी समूह तालिबानसँग वार्ता गर्न तयार


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पंजशीर प्रान्तका लडाकु समूहले तालिबानसँग वार्ता गर्न तयार रहेको जनाएका छन् । बेलायती समाचार एजेन्सी रोयर्टसँग कुरा गर्दै पंजशीरका एक लडाकु नेताले तालिबानसँग वार्ताका लागि पंजशीरका विभिन्न समूहबीच छलफल भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार रोयर्टसँग कुरा गर्दै बाल्ख प्रान्तका गभर्नर रहेका एक शक्तिशाली नेताका छोरा खालिद नूरले तालिबानसँग वार्ता गर्न पंजशीरका लडाकु समूहबीच छलफल चलिरहेको बताएका छन् । उनले तालिबानसँग आत्मशमपर्ण भने नगर्ने जनाएका छन् ।

तालिबानसँग वार्ता गर्न तयार रहेको बताउने खालिदले अन्य जिहादी समूहको प्रतिनिधित्व गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न भने रहेको बीबीसीले उल्लेख गरेको छ । पंजशीरमा रहेका जिहादी समूहहरुबीच आपसी मतभेदसमेत रहेको बताइन्छ ।

पूरा अफगानिस्तानमा कब्जा गरे पनि तालिबानले पंजशीरलाई नियन्त्रणमा लिन सकेको छैन । तर, तालिबानले पंजशीर उपत्यकालाई घेराउ भने गरेको छ ।

तालिबान प्रवक्ताले पनि पंजशीरका लडाकुहरुसँग वार्ता भइरहेको बताएका छन् । उनले वार्ता सफल हुने सम्भावना ६० प्रतिशत रहेको बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ०५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका