उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान « Khabarhub

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।

पूर्व सभामुख तथा पत्नी ओनसरी घर्तीसहित नेता पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका हुन् ।

उनका स्वकीय सचिव सन्तोष पुनका अनुसार नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा नेता पुन थप उपचारका लागि बैंकक गएका हुन् । उनको थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा उपचार गरिने छ ।

पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ उनलाई जन्डिसको समस्या छ । जण्डिसको मात्रा नघटेकाले चिकत्सकहरुकै परामर्शमा उनी बैंकज गएको स्वकीय सचिव पुनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : १३ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल