‘रुदाने’ टिजरमा रुपचन्द्रको संघर्ष « Khabarhub

‘रुदाने’ टिजरमा रुपचन्द्रको संघर्ष


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को टिजर सार्वजनिक भएको छ । टिजरमा रुपचन्द्रको भूमिका निभाएका अभिनेता दिव्यदेवका गतिविधिलाई प्राथमिकता दिइएको छ ।

टिजरमा दिव्यले भाषण गरिरहेको, भित्तामा ‘थाहा’ लेखेको, हतकडी लगाएको र प्रशिक्षण दिइरहेको देख्न सकिन्छ ।

मकवानपुरमा जन्मिएका रुपचन्द्र दामन नेपाल अर्थात् रुदानेको बायोपिकका रुपमा लिइएको यो फिल्ममा दिव्यदेवसँगै नम्रता श्रेष्ठ, सुवास गजुरेल, रवि गिरी, अमर सुवेदीलगायतका कलाकारको अभिनय छ ।

अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन रहेको फिल्ममा जागृत रायमाझीको निर्माण र भानुभक्त थापाको सहनिर्माण छ ।

फिल्ममा शान्ता राओ इपिलीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत छ । फिल्म सन् २०२२ को मध्यमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ४४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते