‘रुदाने’ टिजरमा रुपचन्द्रको संघर्ष « Khabarhub

‘रुदाने’ टिजरमा रुपचन्द्रको संघर्ष


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को टिजर सार्वजनिक भएको छ । टिजरमा रुपचन्द्रको भूमिका निभाएका अभिनेता दिव्यदेवका गतिविधिलाई प्राथमिकता दिइएको छ ।

टिजरमा दिव्यले भाषण गरिरहेको, भित्तामा ‘थाहा’ लेखेको, हतकडी लगाएको र प्रशिक्षण दिइरहेको देख्न सकिन्छ ।

मकवानपुरमा जन्मिएका रुपचन्द्र दामन नेपाल अर्थात् रुदानेको बायोपिकका रुपमा लिइएको यो फिल्ममा दिव्यदेवसँगै नम्रता श्रेष्ठ, सुवास गजुरेल, रवि गिरी, अमर सुवेदीलगायतका कलाकारको अभिनय छ ।

अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन रहेको फिल्ममा जागृत रायमाझीको निर्माण र भानुभक्त थापाको सहनिर्माण छ ।

फिल्ममा शान्ता राओ इपिलीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत छ । फिल्म सन् २०२२ को मध्यमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ४४ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि