एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ? « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ( शुक्रवार) बस्दै छ ।

आज बिहान ११ बजे सुरु हुने बैठकले हिजो (बिहीबार)को स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिनेछ ।

साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

त्यस्तै दसौँ राष्ट्रिय महाधिवेशन स्थल चितवनमा पुगेर फर्केका मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले आजको बैठकमा ‘ब्रिफिङ’गर्ने बताइएको छ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने जनाइएको छ । यो महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३५ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।