यी क्षेत्रमा खर्च गरे भाग्य वृद्धि हुने धार्मिक विश्वास « Khabarhub

यी क्षेत्रमा खर्च गरे भाग्य वृद्धि हुने धार्मिक विश्वास


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भविष्यमा हुने अभाव टार्न मानिसले बचत गर्दछ । जो सहि पनि हो । तर हरेक मामलामा कंजूसी गर्नु भने राम्रो हुदैँन । धनको सही उपयोग कसरी गर्ने भन्ने बारेमा अर्थशास्त्रका ज्ञाता समेत मानिएका आर्चाय चाणक्यको निति उपयोगी हुन्छ ।

आफ्नो नीति शास्त्रमा चाणक्यले धनको सही उपयोगका बारेमा केहि महत्वपूर्ण कुरा बताएका छन् । जस अनुसार केहि आवश्यक काममा धन खर्च गर्दा सम्पन्नता बढ्ने गर्दछ । यि क्षेत्रमा खर्च गर्दा लगातार सफलता पाउन सकिने चाणक्यको तर्क छ ।

गरीबलाई सहयोग गर्नु
गरीब र अभाव भएकाहरुलाई मददत गर्न धन खर्च गर्दा पुण्य प्राप्त हुने चाणक्यले उल्लेख गरेका छन् । यस्ता व्यक्तिको शिक्षामा आफ्नो आयको केहि हिस्सा खर्च गर्नुपर्ने चाणक्यले आफ्नो निति शास्त्रमा उल्लेख गरेका छन् ।

धर्म स्थलमा दान
मन्दिर वा अन्य कैयौं धर्म स्थलमा गरीने दानले जिन्दगीमा सकारात्मकता आउने भन्दै आर्चाय चाणक्यले यसो गर्दा भगवान प्रसन्न हुने र कृपा प्राप्त हुने बताएका छन् ।

रोगी बिरामीलाई मद्दत
गरीब रोगी, बिरामीलाई मद्दत गर्न हरेकले सकेसम्म प्रयाश गर्न आर्चाय चाणक्यले सुझाएका छन् । यसकालागि सम्भव भएसम्मको धन खर्च गर्नुपर्ने उनले प्रेरित गरेका छन् । यसो गर्दा केवल आरोग्यको आशीर्वाद मात्र होइन धनमा वृद्धि हुने उनले बताएका छन् ।

सामाजिक कार्यमा खर्च
व्यक्तिले जे कमाउँछ, त्यो समाजका कारणले मात्र सम्भव हुने आर्चाय चाणक्यको तर्क छ । तसर्थ हरेकले आफ्नो कमाईको केही हिस्सा सामाजिक कार्यमा खर्चिन चाणक्य सुझाव दिन्छन् । यसमार्फत अस्पताल, स्कूल, पिउने पानीको व्यवस्था लगायतका कार्यमा सहयोग गरे भाग्यमा वृद्धि हुने उनको तर्क छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २५ बजे

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि