यी क्षेत्रमा खर्च गरे भाग्य वृद्धि हुने धार्मिक विश्वास « Khabarhub

यी क्षेत्रमा खर्च गरे भाग्य वृद्धि हुने धार्मिक विश्वास


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भविष्यमा हुने अभाव टार्न मानिसले बचत गर्दछ । जो सहि पनि हो । तर हरेक मामलामा कंजूसी गर्नु भने राम्रो हुदैँन । धनको सही उपयोग कसरी गर्ने भन्ने बारेमा अर्थशास्त्रका ज्ञाता समेत मानिएका आर्चाय चाणक्यको निति उपयोगी हुन्छ ।

आफ्नो नीति शास्त्रमा चाणक्यले धनको सही उपयोगका बारेमा केहि महत्वपूर्ण कुरा बताएका छन् । जस अनुसार केहि आवश्यक काममा धन खर्च गर्दा सम्पन्नता बढ्ने गर्दछ । यि क्षेत्रमा खर्च गर्दा लगातार सफलता पाउन सकिने चाणक्यको तर्क छ ।

गरीबलाई सहयोग गर्नु
गरीब र अभाव भएकाहरुलाई मददत गर्न धन खर्च गर्दा पुण्य प्राप्त हुने चाणक्यले उल्लेख गरेका छन् । यस्ता व्यक्तिको शिक्षामा आफ्नो आयको केहि हिस्सा खर्च गर्नुपर्ने चाणक्यले आफ्नो निति शास्त्रमा उल्लेख गरेका छन् ।

धर्म स्थलमा दान
मन्दिर वा अन्य कैयौं धर्म स्थलमा गरीने दानले जिन्दगीमा सकारात्मकता आउने भन्दै आर्चाय चाणक्यले यसो गर्दा भगवान प्रसन्न हुने र कृपा प्राप्त हुने बताएका छन् ।

रोगी बिरामीलाई मद्दत
गरीब रोगी, बिरामीलाई मद्दत गर्न हरेकले सकेसम्म प्रयाश गर्न आर्चाय चाणक्यले सुझाएका छन् । यसकालागि सम्भव भएसम्मको धन खर्च गर्नुपर्ने उनले प्रेरित गरेका छन् । यसो गर्दा केवल आरोग्यको आशीर्वाद मात्र होइन धनमा वृद्धि हुने उनले बताएका छन् ।

सामाजिक कार्यमा खर्च
व्यक्तिले जे कमाउँछ, त्यो समाजका कारणले मात्र सम्भव हुने आर्चाय चाणक्यको तर्क छ । तसर्थ हरेकले आफ्नो कमाईको केही हिस्सा सामाजिक कार्यमा खर्चिन चाणक्य सुझाव दिन्छन् । यसमार्फत अस्पताल, स्कूल, पिउने पानीको व्यवस्था लगायतका कार्यमा सहयोग गरे भाग्यमा वृद्धि हुने उनको तर्क छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २५ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।