दीपकराज गिरीकाे व्यंग्य – ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्नुपर्ने हो कि « Khabarhub

दीपकराज गिरीकाे व्यंग्य – ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्नुपर्ने हो कि


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै न्यायधीशहरुले इजलास बहिस्कार गरेपछि यही विषयमा भनाभन हुँदा दुई कानून व्यवसायीबीच हात हालाहालको अवस्था आएको हो ।

यही विषयमा केन्द्रीत रहेर अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । उनले अब ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्नुपर्ने हो कि भन्ने सुझाव दिएका छन् ।

‘कानून व्यवसायीहरू को संस्था ‘बार’ को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । त्यसपछि जति कुटाकुट गरे पनि हुन्थ्यो !!!’, उनले लेखेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/4712792352117735

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते