सीके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई गरे दुर्व्यवहार « Khabarhub

सीके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई गरे दुर्व्यवहार


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथिको दुर्व्यवहारलाई निरन्तरता दिएका छन् ।

धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई उनीहरुले चप्पलले कुटपिट गरेका हुन् ।

नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग राखेका विद्यार्थीलाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रअमाथि हात पारेका हुन् ।

यसअघि केही दिनअघि उनीहरुले  खानेपानी तथा ढल निकासका कार्यालय प्रमुख राजेस्वर कुशवाहालाई कुटपिट गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ५४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय