आर्थिक

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यू भी

By खबरहब

October 29, 2021

काठमाडौँ– शारदा ग्रुप अन्तर्गतको कम्पनी एस.पी.जी. अटोमोबाइल्स प्रा.लि. नेपालमा चेरी अटोमोबाइल्स् कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ । एस.पी.जी. अटोमोबाइल्स्ले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभी लन्च गरेको छ ।

एस.पी.जी. अटोमोबाइल्सका अनुसार चेरी टिग्गो ४ प्रो एस यूभी तीन भेरियन्टमा उपलब्ध छ जसमा एउटा १.५ लि. नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको मूल्य ४६ लाख २० हजार रुपैयाँ रहेको छ ।

अर्को १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि छ जसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ । अर्को १.५ लि. टर्बो चाज्र्ड ९ स्पिड गिएर बक्स सीभीटी इन्जिन छ । यसको मूल्य ५८ लाख ४० हजार रुपैयाँ छ ।  ।

नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ ।

यस्तै, १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पि.एस.) तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादन गर्छ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको हो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्राण्ड हो ।

विगत २० वर्षमा, चेरीले पाँच वटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरू मार्फत ५ हजार ५०० भन्दा बढी ब्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको जनाएको छ ।