तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुआत, गोकर्णेश्वर रोकियो | Khabarhub Khabarhub

तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुआत, गोकर्णेश्वर रोकियो


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा तुलसीपुर र वीरेन्द्रनगरले विजयी सुरुआत गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ ।

शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै तुलसीपुर उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुआती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै रोकिएको छ ।

शुक्रबारको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुआत गरेको हो । तुलसीपुरको जीतमा ममता पुन मगर र मेनुका आले मगरले १–१ गोल गरे ।

जीतसँगै समूह ‘एफ’को तुलसीपुरले ३ अंक जोडेको छ । हेटौँडाको लगातार दोस्रो हार हो । हेटौँडा प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

दिनको दोस्रो खेलमा समूह ‘जी’को पोखरा उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुवात गरेको हो । वीरेन्द्रनगरको जीतमा सुमित्रा योन्जनले २ गोल गरिन् । यस्तै, सम्झना शर्मा र सुस्मिता तामाङले १–१ गोल गरे । पोखराकी झरना चाम्लिङ राईले १ गोल फर्काइन् ।

जीतसँगै समूह ‘जी’मा वीरेन्द्रनगरले ३ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लगातार दोस्रो हार बेहोरेको पोखरा भने बाहिरिएको छ ।

यस्तै, दिनको अन्तिम तथा तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोकर्णेश्वरकी शेरचन तामाङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, चन्द्रा भण्डारीले दोस्रो हाफमा गोल गर्दै धनगढीलाई १–१ गोलको बराबरीमा ल्याएकी हुन् ।

बराबरीसँगै समूह ‘एच’बाट गोकर्णेश्वरले एक खेलमा १ अंक जोडेको छ । धनगढीले दुई खेलमा ४ अंक जोडेको छ । यस समूहबाट गोकर्णेश्वर र धनगढीलाई दोस्रो चरणको मौका रहेको छ ।

अलखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ । टोलीहरूलाई १० समूहमा विभाजन गर्दा प्रत्येक समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

हालसम्म समूह ‘ए’बाट झापाको कनकाई नगरपालिका, समूह ‘बी’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । राष्ट्रिय लिगमा मेयर कपबाट छनोट भएका दुई क्लब र बाँकी छ क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ०१ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड