सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी « Khabarhub

सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गर्दा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए । चेल्सीले भने घरेलु मैदानमा युनाईटेडसँग बराबरी गरेको हो ।

यस जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ । सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अरु दुई खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ गोल अन्तरले र ब्रेन्टफोर्डले एभर्टनलाई १-० गोल अन्तरले हरायो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ३० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम