कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता « Khabarhub

कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक समूहको बहिस्कारका बीच भएका सबै अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बहुमतका आधारमा निर्णय गर्दै फेरि अधिवेशन गर्नुनपर्ने निष्कर्ष निकालेको हो ।

डडेल्धुरा सभापति कर्ण मल्ल क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै वडादेखि जिल्लासम्मको सबै अधिवेशन बहिस्कार गर्ने निर्णय गरेका थिए । र उनले कांग्रेस जिल्ला कार्य समितिबाटै अधिवेशन नगराउने निर्णय गरेका थिए ।

तर, सभापति देउवा पक्षले भने एकलौटी रुपमा अधिवेशन सम्पन्न गरेको छ । देउवा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । डडेल्धुरा विवादकै कारण निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि देउवाले गोपालकृष्ण घिमिरेलाई संयोजक तोकेका थिए । घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले बहुमतका आधारमा डडेल्धुराको अधिवेशनलाई वैधानिकता दिने निर्णय गरेको हे । सो निर्णयमा समितिका सदस्य सिताराम केसीले भने फरक मत लेखेका छन् । उनले निर्वाचन अधिकृतकै कमजोरी देखिएको भन्दै डडेल्धुरामा फेरि अधिवेशन गर्नुपर्ने फरकमतमा उल्लेख गरेका छन् ।

यही विवादलाई लिएर कर्ण मल्ल पार्टी कार्यालय सानेपामा रिले अनसन बसिरहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक