दोहा- कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।
खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन् ।
साथै अब १० दिन भित्रमा मोडर्ना कम्पनीको कोरोनाविरूद्धको खोप पनि कतार आइपुग्ने जनाइएको छ ।
खोप अभियान जारी रहे पनि कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्न हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।कतारमा कोरोनाको दोस्रो लहर सुरु हुन सक्नेसमेत उनले बताए ।
सन् २०२१ को अन्त्य सम्ममा चार चरणमा कतारमा बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको छ ।
प्रतिक्रिया