हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित | Khabarhub Khabarhub

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।

जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ ।

तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

काठमाडौँसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो ।

जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : १५ बजे

कर्मचारीमा काम गर्ने मनसाय कम देखियो : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका कर्मचारीमा

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम

पाटन– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती गाउँपालिका पूर्वाधार

फेसबुकबाट चिनजान बढाएर होटलमा लगेपछि ‘हनी ट्रयाप’, एक जनासँग मागेका थिए काठमाडौंमा चारआना घडेरी

काठमाडौं- होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्दै त्यसैलाई हतियार

यार्सागुम्बा खोज्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

जुम्ला– चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ ।