वायु प्रदूषण नहटेपछि आजदेखि चार दिन विद्यालय बन्द « Khabarhub

वायु प्रदूषण नहटेपछि आजदेखि चार दिन विद्यालय बन्द


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि चार दिनलाई बन्द गरिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आजदेखि शुक्रबारसम्मलाई विद्यालय बन्द गरिएका हुन् ।

बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको