नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकनमा जाँदै माओवादी केन्द्र « Khabarhub

नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकनमा जाँदै माओवादी केन्द्र


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको एकतालाई भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जादै छ ।

नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको नेता लीलामणि पोखरेलले जानकारी दिए ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागिएको पोखरेलले बताए ।

पुनरावलोकनका लागि बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ लगायतले निवेदन तयार पारिसकेका छन् ।

नेकपा पार्टीको नाम आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोग र साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालले कट्टेलकै पक्षमा फैसला गरेको थियो ।

अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन आदेश दिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको