सरकार र थारुवान-थारुहट संघर्ष समितिबीच वार्ता शुरू | Khabarhub Khabarhub

सरकार र थारुवान-थारुहट संघर्ष समितिबीच वार्ता शुरू


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् ।

थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : ४८ बजे

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध