सानु शिवाको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने एमालेको निर्णय « Khabarhub

सानु शिवाको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने एमालेको निर्णय


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले सांसद सानु शिवाको निधनपछि रिक्त स्थानमा जानकीदेवी रामलाई सांसद बनाउने निर्णय गरेको छ । प्रतिनिधि सभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेको शिवाको केही समय पहिले निधन भएको थियो।

एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा जानकीदेवी रामलाई समानुपातिक सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा लेखि पठाउने निर्णय भएको उल्लेख छ।

निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ बन्दसूचीको उम्मेदवारमा नाम समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उनको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको एमालेले जनाएको छ।

बन्दसूचीमा धनकुमारी भन्दा अघि नाम रहेकी आशाकुमारी विक भने अहिले सांसद नै छिन्।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको