सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता | Khabarhub Khabarhub

सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहट–थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको सरकारी वार्ता टोली र आन्दोलनरत समितिबीच आज गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । यस्तै, थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य छन् ।

वार्तामा सङ्घर्ष समितिले सरकारसँग राखेको टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्थासहितका १९ बुँदे मागमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ११ बजे

परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया

राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक

काठमाडौं– नेपाली कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

काठमाडौं– निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से

काठमाडौं– शेयर कारोबारमा साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न