अध्ययनले देखायो दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित | Khabarhub Khabarhub

अध्ययनले देखायो दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय एक अध्ययनले दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्जाल सुरक्षित रहेको देखाएको छ ।

सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित रहेको पाइएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो ।

उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको थियो ।

प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग कम मात्रामा गर्ने गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपछि क्रमश: पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् ।

डिसइन्फो ल्याबका अनुसार अब्युज-ओ-मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको हो ।

अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ४६ बजे

कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल