एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज, नेपाल पक्षधर नजाने | Khabarhub Khabarhub

एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज, नेपाल पक्षधर नजाने


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

अदालतले गत जेठ २७ मा अवैध ठहर गरेकाे यो कमिटीको यो अन्तिम बैठक ठानिएको छ । यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु नजाने भएका छन् ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटी बनाउने स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी समिति बैठकले २०७४ जेठ २ गतेको कमिटी व्यूँताउने निर्णय गरेको थियो ।

सो केन्द्रीय कमिटीको बैठक असार १८ गते डाकिएको छ।

 

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ३७ बजे

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन

वर्षमानले भने- जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोश्रो भू-राजनीति  

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले गत वर्षको

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय

नवरात्र नजिकिएसँगै सिँगारिँदै उपत्यकाका शक्तिपीठ

काठमाडौं– नवरात्र नजिकिएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ ।