अभिनेत्री मन्दिरालाई पति शोक | Khabarhub Khabarhub

अभिनेत्री मन्दिरालाई पति शोक


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री मन्दिरा बेदीलाई पति शोक परेको छ । उनको पति राज कौशलको बुधबार विहान हृदयघातका कारण निधन भएको हो ।

राजलाई बिहान ४:३० मा घरमा नै हृदयघात भएको थियो । उनलाई उपचारको लागि अस्पताल लगे पनि अस्पताल पुग्नु अघि नै उनको निधन भइसकेको थियो ।

राज अभिनेताका अलावा फिल्म निर्देशक पनि थिए । उनले अभिनेताका रुपमा फिल्मी करियर सुरु गरेका थिए । आफ्नो करियरमा राजले ‘प्यार में कभी–कभी’, ‘शादी का लड्डु’ र ‘एंथनी कौन है’ निर्देशन गरेका थिए ।

राजको निधनमा बलिउडकर्मीले शोक व्यक्त गरेका छन् । मन्दिराले सन् १९९९ फेब्रुअरी १४ मा राजसँग विवाह गरेकी थिइन् । उनीहरुको वीर र तारा गरी दुई धर्म सन्तान छन् ।

मन्दिरा र राजको विवाह कुनै फिल्मको कथा भन्दा कम थिएन । उनीहरुको प्रेम विवाह हो । दुवैको पहिलो भेट निर्देशक मुकुल आनन्दको घरमा भएको थियो । दुवैको परिवार विवाहलाई लिएर खुशी थिएनन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ०० बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर