पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा « Khabarhub

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ ।

लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।

सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ११ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको