पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा | Khabarhub Khabarhub

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ ।

लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।

सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ११ बजे

आगजनीबाट ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय भवन सरसफाइ (तस्बिरहरू)

काठमाडौं– गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा

प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ

काठमाडौं– पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका

हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको