जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार « Khabarhub

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास फेरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ । यो सहयोगको लागि एनआरएनएलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन् उनी । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक उनको जीवनले फरक मोड लियो । डोल्माले जसलाई विश्वास गरिन् उसैले नै धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एकदिन अचानक काममै भएको बेला उनी बिरामी परिन् र उनलाई अस्पताल पुर्‍याइयो । उपचारका क्रममा उनी गर्भवती भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन् सक्थिन्, न त दुबईमा बस्ने आधार थियो ।

अगस्ट २०२० मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन् । तर सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन, डोल्माको । सोही क्रममा उनी गैरआवासीय नेपाली सङ्घको यूएईको सम्पर्कमा आइन् । त्यसपछि सङ्घमार्फत सङ्घको राहत तथा उद्दार कार्यक्रमको टोलीले आवश्यक पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरूले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । उनलाई गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्दार कार्यक्रमअन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल शुरु गरिएको थियो । नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट र अन्य प्रक्रिया पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ । आमा तथा बच्चालाई काठमाडौंस्थित सङ्घको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकले आवश्यक सहजीकरण तथा सहयोग पुर्‍याएका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ५५ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत