सांसद र कर्मचारीलाई दोस्रो डोज खोप लगाइयो, छुटेकालाई पहिलो डोज | Khabarhub Khabarhub

सांसद र कर्मचारीलाई दोस्रो डोज खोप लगाइयो, छुटेकालाई पहिलो डोज


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका सांसद तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

बुधबार संसद भवन बानेश्वरमा यसअघि खोप नलाएकालाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइएको हो ।

त्यस्तै यसअघि खोप लगाउन छुटेकाहरुलाई पनि संसद सचिवालयले खोप लगाउने व्यवस्था गरेको थियो । सो क्रममा कर्मचारीले परिवारका सदस्यलाई खोप लाउन ल्याएपछि केहीबेर अन्योल भएको थियो ।

कर्मचारीले आफ्नो नाममा परिवारका सदस्यलाई खोप लगाउन आग्रह गरेका थिए भने केही कर्मचारीका परिवारलाई पनि खोप लगाइएको थियो ।

संसद सचिवालयले भने सांसद तथा कर्मचारीलाई मात्र कोरोना विरुद्धको खोप लगाएको जनाएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ