दुर्घटनामा निधन भएका सहप्राध्यापक भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि « Khabarhub

दुर्घटनामा निधन भएका सहप्राध्यापक भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार दुर्घटनामा परी निधन भएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका भण्डारीको काठमाडौँका पशुपतिनाथमा अन्त्यष्टि गरिएको हो  । भण्डारीको रूपन्देहीको देवदहमा मंगलबार बेलुकी कार दुर्घटनामा परेर निधन भएको थियो ।

प्रहरीका अनुसार रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।

मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले उनलाई मृतक घोषणा गरेका थिए।

रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३४ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय